बैङ्कले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बेस रेटमा कम्तीमा १ देखि शून्यदेखि 7 प्रतिशतसम्म प्रिमियम (मार्जिन) थपेर बैङ्कहरूले ब्याजदर तोक्न पाउँछन् ।
बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । तर Base Rate भन्दा कम कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर लिन पाउँदैनन् । कर्जाको ब्याजदर बेस रेटमा लिङ्क गरेको हुन्छ । Base Rate जहिले पनि तीन/तीन महिनामा घट-बढ हुने गर्दछ । यो अटोमेटिक घटबढ हुने हो । यो तल माथि हुनुमा बैङ्कहरूको हात हुँदैन । Base Rate कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।
मानौँ कुनै बेला ८ प्रतिशत बेस रेट छ भने 1% जोड्दा ब्याज ९% हुन्छ । बेस रेट यदि घटेर ७% मा आयो भने फेरी एक जोडेर ८% हुने हुन्छ । त्यस कारण बैङ्कहरूले Deposit मा ब्याजदर घटाउँछन् तर Loan मा चाही घटाउँदैनन् भन्ने भ्रम झुटो हो । बेस रेट आजको आजै तल-माथि हुँदैन । जति बेला बजारमा तरलता (Liquidity) को अभाव हुन्छ त्यो बेला Loan र Deposit दुवै तर्फको ब्याजदर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय Deposit मा भर पर्छ । Deposit कति सहज हिसाबले आउँछ, यदि ठुलो हिसाबले आयो भने कर्जाको ब्याजदर पनि तल आउने हुन्छ ।
बेस रेट गणना गर्ने विषयमा चार वटा कम्
ोनेन्टहरू छन् । त्यसमा सबैभन्दा ठुलो कम्पोनेन्ट Cost Of Fund हो । Cost Of Fund भनेको Deposit कर्ताहरूको माझ दिइने ब्याज हो । भोली निक्षेपको अवस्था सहज भयो त्यसको प्रत्यक्ष असर बेस रेटमा पर्छ र बेस रेट तल झर्छ । त्यस्तो हुँदा कर्जाको ब्याजदर पनि स्वतः घट्छ । बैङ्कहरूको Base Rate राष्ट्र बैङ्कले निर्धारण गर्ने गर्छ |
नोट: समग्रमा जुन बैङ्कको बेस रेट र NPA रेट कम छ, त्यही बैङ्कबाट लोन खानु राम्रो हुन्छ |
कुन बैंकको बेस रेट कति छ ? ऋण खाँदा कुन बैंकबाट खानुपर्छ ? कुन बैंकको स्थिति कस्तो छ ?
Source: bankbyaj.com (असार मसान्त २०८२)
Standard Chartered Bank – Base Rate (4.68%), NPA (1.47%)
Rastriya Banijya Bank - Base Rate (4.80%), NPA (3.59%)
Everest Bank - Base Rate (5.15%), NPA (0.38%)
Nepal Bank Ltd. - Base Rate (5.49%), NPA (4.47%)
Global IME Bank - Base Rate (5.60%), NPA (4.87%)
Agricultural Dev. Bank - Base Rate (5.69%), NPA (3.26%)
Nabil Bank - Base Rate (5.74%), NPA (4.27%)
Nepal Investment Mega Bank - Base Rate (5.79%), NPA (5.85%)
Sanima Bank - Base Rate (5.98%), NPA (3.01%)
Machhapuchhre Bank - Base Rate (6.11%), NPA (3.83%)
NMB Bank - Base Rate (6.13%), NPA (3.72%)
Nepal SBI Bank - Base Rate (6.18%), NPA (3.35%)
Siddhartha Bank - Base Rate (6.19%), NPA (2.62%)
Citizens Bank Int'l - Base Rate (6.30%), NPA (4.94%)
Laxmi Sunrise - Base Rate (6.35%), NPA (4.25%)
Excel Bikas Bank - Base Rate (6.35%), NPA (6.71%)
Prabhu Bank - Base Rate (6.43%), NPA (4.96%)
Kumari Bank - Base Rate (6.44%), NPA (6.42%)
Himalayan Bank - Base Rate (6.48%), NPA (7.28%)
Prime Commercial Bank - Base Rate (6.49%), NPA (5.56%)
No comments yet. Be the first to comment!