खाँदबारी - स्कुलमा विद्यार्थीहरू एक्कासि चिच्याउने, रुने, लड्ने, बेहोस हुने अवस्था देखिनु धेरै नै गम्भीर विषय हो । यस्ता घटनालाई हामीले धेरै पटक "भूत-प्रेत", "देवी लाग्यो", वा "नाटक गर्‍यो" भनेर बुझ्ने गल्ती गर्दै आएका छौँ ।

तर साँचो कुरा के हो भने यो कुनै अलौकिक शक्ति होइन — यो मनको गहिरो डर, दबाब, तनाव र वातावरणीय प्रभावले उत्पन्न हुने "सामूहिक मानसिक प्रतिक्रिया" हो, जसलाई अङ्ग्रेजीमा Mass Hysteria वा Mass Psychogenic Illness भनिन्छ ।

यस्तो अवस्था मनोवैज्ञानिक कारणले हुन्छ — जस्तै:

• साथीहरूले डराएको देखेपछि आफू पनि डराउन थाल्नु

• घर वा समाजमा "देवी चढ्यो" भन्ने कुरा धेरै सुन्नु

• परीक्षा, प्रतिस्पर्धा, डर, पिटाइ, अपमान जस्ता कुराले मनमा तनाव हुनु

• शरीरले त्यो तनाव सहन नसकेर असामान्य प्रतिक्रिया Advertisementदेखाउनु

अब हामी अभिभावकहरूको जिम्मेवारी के हो?

डर होइन, सहानुभूति र समझदारी दिनुहोस्।

भूत-प्रेतको भ्रम होइन, मनोवैज्ञानिक शिक्षा दिनुहोस् ।

डराएका बच्चालाई झन् डर नदेखाउनुहोस्, शान्तिपूर्वक कुरा गर्नुहोस् ।

विद्यालय र अभिभावक मिलेर सजग मनो परामर्श (counseling) दिनुपर्छ ।

साँच्चिकै मनोबल बलियो बनाउने अभ्यास: सकारात्मक संवाद, ध्यान, सासको अभ्यास, र कथा/प्रेरणा ।

यस्तो अवस्थामा कोही नाटक गर्छ भनेर गाली गर्नु सबैभन्दा ठुलो गल्ती हो । उनीहरू हाम्रो समर्थन र समझदारी खोजिरहेका हुन्छन् । अब हामीले डर होइन, ज्ञान फैलाउनुपर्छ । शारीरिक रोग जस्तै, मनको रोग पनि हुन्छ — र त्यसको पनि समाधान हुन्छ । मास हिस्टोरिया = भूत होइन, मनको उपचार चाहिने अवस्था हो ।

 

प्रकासित मिति: २०८२|०५|१०