काठमाडौँ । एप्पलको बहुप्रतिक्षित आईफोन १७ सिरिज सार्वजनिक गरिने मिति लिक भएको छ । आईफोन १७ सिरिज सेप्टेम्बर ९ तारिखमा लन्च हुने भन्दै जर्मनीको एक पब्लिकेसन आईफोन-टिकर.डीईले मिति लिक गरेको हो ।

यदि यो तारिखमै आईफोन १७ सिरिज लन्च भयो भने एप्पलले प्रि-अर्डर सेप्टेम्बर १२ बाट थाल्ने अनुमान गरिएको छ । सेप्टेम्बर १९ बाट भने आईफोन १७ सिरिजको बिक्री र ढुवानी सुरु हुने चर्चा चलेको छ ।

ब्लूमबर्गका पत्रकार मार्क गुर्म्यानले पनि यसअघि आईफोन १७ सिरिज सेप्टेम्बर ८ देखि १२ को बिचमा लन्च हुने बताएका थिए । 

हुनत: एप्पललेAdvertisement सेप्टेम्बरमै आफ्नो फ्ल्यागशीप आईफोन सिरिज घोषणा गर्ने गर्छ । गत वर्ष २०२४ मा सेप्टेम्बर ९ मा एप्पलले आईफोन १६ सिरिज लन्च गरेको थियो । आईफोन १५ सिरिज भने सेप्टेम्बर १२, २०२३ मा सार्वजनिक गरिएको थियो ।

एप्पलले आईफोन १७ सिरिजसँगै तेस्रो पुस्ताको एयरपड्स प्रो र एप्पल घडीका नयाँ मोडल सार्वजनिक गर्ने चर्चा चलिरहेको छ । आईफोन १७ सिरिजका मोडलहरुमा ए१९ चिप र प्रो भर्सन भने ए१९ प्रो चिपसेटसहित आउने चर्चा छ ।

आईफोन १७ र प्रोमा ६.३ इन्च, आईफोन १७ एयर ६.५ इन्च र आईफोन १७ प्रो म्याक्स ६.९ इन्च डिस्प्ले रहने बताइएको छ । आईफोन १७ का सबै मोडलको मूल्य आईफोन १६ सिरिजको तुलनामा ५० अमेरिकी डलर (७ हजार रुपैयाँ) महँगो हुने अनुमान छ ।