मेटाले मेसेजिङ एप ह्वाट्सएपमा डेटाको गोपनीयता र सुरक्षालाई निकै प्राथमिकता दिएको छ । एक पटक मात्र एउटा लगइन गर्न मिल्ने र टु फ्याक्टर अथेन्टिकेसनका कारण अन्य एपहरूभन्दा ह्वाट्सएप अलि बढी सुरक्षित छ । तर इन्टरनेटमा जोडिएका कारण जाेखिम भने हुने गर्छ ।
अझ गलत नियत भएका व्यक्तिले तपाईँको ह्वाट्सएप अकाउन्टमाथि पहुँच बनाउन सक्छन् । यसकारण आज तपाईंको ह्वाट्सएप अकाउन्ट अन्य व्यक्तिले चलाइरहेका छन्/छैनन् भनेर चेक गर्ने तरिकाबारे सिकाउँदै छौं:
अरुले ह्वाटसएप अकाउन्ट चलाइरहेको छ/छैन चेक गर्ने तरिका
सबैभन्दा सुरुमा आफ्नो ह्वाट्सएप लगइन गर्नुहोस् । लगइनका लागि ह्वाट्सएपले वेब र आईओएस तथा एन्ड्रोइड एप दिएको छ । तपाईंले तीमध्ये जुनै माध्यमबाट पनि लगइन गर्न सक्नुहुन्छ । अब तल
ा विधिमार्फत ह्वाट्सएप अरुले चलाइरकेको छन्/छैनन् भनेर चेक गर्न सक्नुहुन्छ ।
-ह्वाट्सएप एक्टिभिटिज
जब तपाईंले ह्वाट्सएप खोल्नुहुन्छ, तपाईंले सुरुमा कुराकानी गरिएका कन्ट्याक्ट (व्यक्तिहरू) देख्नुहुन्छ । यदि ती च्याट तपाईंले गरेको होइन भने अरुले ह्वाट्सएप चलाइरहेका छन् भनेर बुझ्न पर्छ ।
-आफ्नो प्रोफाइल
यदि तपाईंको ह्वाट्सएप अकाउन्ट अन्य व्यक्तिले चलाइरहेका छन् भने उनीहरूले प्रोफाइलको विवरण परिवर्तन गर्न सक्छन् । आफ्नो प्रोफाइल चेक गर्न च्याट सेक्सनको माथिल्लो बायाँ भागमा हुने तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
अब सेटिङमा ट्याप गर्नुहोस् । र माथि देखिने आफ्नो नाममा ट्याप गर्नुहोस् । यदि त्यहाँको विवरणहरू तपाईंले राख्नु भएको छैन भने अरुले चलाइरहेको हुन सक्छन् ।
No comments yet. Be the first to comment!